लक डाउनले जनजीवन प्रभावित पारिरहेका बेला दैनिक गुजारा चलाउन केही सहयोग पुगोस् भन्ने आशयले राहत वितरण काम तीव्र गतिले भइरहेको छ । यसमा कलाकार पनि सक्रिय भएर लागी परेका छन् । यसै बिच नायिका आँचल शर्माले  राहत वितरण गरेकी छिन् । एक महिना अघि विवाह बन्धनमा बाँधिएकी उनले श्रीमान् उदीप श्रेष्ठको साथमा काठमाडौँको क्षेत्रपाटी स्थित एक सय घरलाई राहत प्रदान गरेकी हुन् । लकडाउनका बेला काम अनि व्यवसायबाट आम्दानी गर्न नसकेका करिब एक सय घरलाई खाद्यान्न प्रदान गरेको आँचलले बताएकी छिन् । उनले सबैको घर घरमा पुगेर राहत हस्तान्तरण गरेकी हुन् । यस अघि अप्ठेरोमा परेकालाई नायिकाहरू वर्षा राउत, वर्षा सिवाकोटी, पूजा शर्मा र करिष्मा मानन्धर तथा नायक पल शाह तथा हाँस्यकलाकार किरण केसी लगायतले सहयोग गरिसकेका छन् ।