लक डाउनको अवसरमा आयोजना गरिएको ‘भर्चुअल लिटरेचर फेस्टिभल–किताब जात्रा २०२०’को आज अन्तिम दिन हो । समापन सत्रमा कलाकारहरू आफ्नो लकडाउन दैनिकी बारे कुराकानी गर्दै छन् । 'लकडाउन लाइफ : अ सिनेम्याटिक भ्यू' नाम दिइएको सत्रमा कलाकारहरू दयाहाङ राई, केकी अधिकारी, स्वस्तिमा खड्का र नाजिर हुसेन छलफल गर्दै छन् । यस सत्रमा कलाकारहरू कोरोना भाइरसका कारण लागू भइरहेको लकडाउन बारे कुराकानी गर्दै छन् ।कलाकारहरुले पछिल्लो समय लक डाउन अवधिमा आफुले भोगेका र अनुभव गरेकाअ कुराहरु सेयार गरिरहेका छन् । यस कार्यक्रमको सहजीकरण रीमा विश्वकर्माले गर्दै छिन् । यस सत्र किताब जात्राको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण भइरहेको छ । कार्यक्रमका हरेक सत्रका रेकर्डेड भिडियोहरु किताब जात्राकै पेजमा हेर्न सकिनेछ । 

(लाईभ हेर्न तलको लिङ्क क्लिक गर्नुहोला) 

https://www.facebook.com/kitabjatra/videos/4081201705226888/?v=4081201705226888