केही दिनअघि लक डाउनले प्रभावित भएका चलचित्र प्राविधिकहरूलाई नायक पल शाहले सहयोग गरेका थिए । कोरोना सङ्क्रमणको त्रास र लकडाउनले जनजीवन निकै प्रभावित भइरहेको छ । यसैबिच पलले सोमबार साँखुमा रहेको एक आश्रममा पुगेर सहयोग गरेका छन् । उनी आश्रममा पुगेर त्यहाँ रहेका असहायहरूलाई खाना खुवाएका हुन् । आश्रममा रहेका  ५५ जना द्वन्द्वपीडित तथा अपाङ्ग असहायहरूलाई उनले खाना खुवाए । पल समाजसेवी विमल पन्तको समूहसँग मिलेर आश्रममा पुगेका थिए । पलका अनुसार आश्रममा दुई वर्षदेखि १८ वर्षसम्मका बालबालिकाहरू छन् । पल र समूहले उनीहरूलाई खाना खुवाउनुका साथै केही खाद्यान्न पनि सहयोग गरेका छन् ।