इरानियन इन्स्टाग्राम स्टार फतिमे खिस्भान्दलाई कोरोना पोजेटिभ देखिएको छ । इन्स्टाग्राममा 'सहर तवर ' को नामले चर्चित उनी यति बेला जेलमा छिन् । जेलमा नै कोरोनाको लक्षण देखिएपछि उनलाई आइसोलेसनमा राखिएको बिबिसीले जनाएको छ । उनलाई धर्म विरुद्ध अफवाह फैलाउने र नकारात्मक प्रचार तथा अपमान गरेको आरोपमा जेल हालिएको थियो । अत्यधिक प्लास्टिक सर्जरी गर्दा उनको अनुहारमा आएको परिवर्तनले उनी चर्चामा आएकी थिइन् । उनले हलिउड अभिनेत्री एन्जिलिना जोलीको झैँ अनुहार बनाउन धेरै पटक अनुहारको प्लास्टिक सर्जरी गरेको बताइन्छ । उनका निजी वकिलले उनी सिना हस्पिटल तेहेरानमा भेन्टिलेटरमा उपचारार्थ छिन् ।