बेलाबेला चर्चामा आइरहने नायिका सुष्मा कार्की पछिल्लो समय फेरी चर्चामा आएकी छिन् । उनी चर्चामा आउनुको कारण हो पूजा शर्मासँगको सम्बन्ध र यसले उठाएको विवाद । यति बेला सामाजिक सञ्जाल भरी सुष्माले एक टेलिभिजनलाई दिएको अन्तरवार्ता भाइरल भइरहेको छ । उनले करिब एक वर्ष अघि एक युट्युब च्यानललाई दिएको अन्तर्वार्तालाई लिएर विवाद बढेको हो । उनले अन्तर्वार्तामा अभिनेत्री पूजा शर्माको अभिनयमा समेत सुष्माले प्रश्न उठाएको भन्दै कुरा उठेको छ ।
उनले टेलिभिजन अन्तर्वार्तामा आफूलाई बदनाम गर्न र कलाकारसँग आफ्नो सम्बन्ध बिगार्न केही मानिसहरू लागिपरेका टिप्पणी गरेकी छन् । उनले कार्यक्रममा बोल्दै दुई वर्षअघि दिएको अन्तर्वार्तालाई अहिले टिकटक बनाएर उडाउने काम गरिएको बताएकी छिन् । उनले कसैले नियोजित रूपमा टिकटक बनाएर कलाकारसँग आफ्नो सम्बन्ध बिगार्न खोजेको समेत आरोप लगाएकी छिन् । यो मात्र नभएर पूजासँग आफ्नो व्यक्तिगत रिसिवी नभएको र आफूलाई पूजा लगायत सबै कलाकार मन पर्ने समेत बताएकी छिन् । उनले अहिलेको यस्तो अप्ठेरो अवस्थामा सबैले हातेमालो गर्दै अघि बढ्नु पर्ने र समाजलाई आफ्नो तर्फबाट जे सकिन्छ त्यो सहयोग गर्नु पर्ने ठाउँमा एक अर्काको विरुद्ध लाग्दा कसैलाई फाइदा नहुने जिकिर गरेकी छिन् ।
उनले असन्तुष्टि व्यक्त गर्दै फेसबुक लगायत सामाजिक सञ्जालमा फेक आइडी बनाएर आफू विरुद्ध लाग्नेलाई नछोड्ने र कानुनी रूपमा अगाडी बढ्ने पनि बताएकी छिन् । उनले नायिका शर्माले पूजा आकाश नामको फेक फेसबुक अकाउन्ट खोलेर आफ्नो प्रशंसा आफैँ गरिरहेको आरोप लगाएकी छिन् । यसको आफूसँग प्रमाण भएको र सोहीअनुसार बोलिरहेको पनि दाबी गरेकी छिन् ।