यसबर्षको प्रतिक्षित मानिएको चलचित्र 'ए मेरो हजुर २' को ट्रेलर सार्वजनिक भएको छ । अभिनयमा २ दशक पार गरिसकेकी अभिनेत्री झरना थापाको निर्देशनमा बनेको चलचित्र 'ए मेरो हजुर २'को सार्वजनिक ट्रेलरमा चलचित्रको मुख्य पात्र सलिन मान बनियाँ र साम्राज्ञी राज्यलक्ष्मी शाहको प्रेमलाई देखाईएको छ । शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलन बिच चलचित्रको ट्रेलर आउट गरिएको हो । ट्रेलर सार्बजनिक भएसंगै सकारात्मक प्रतिक्रियाको ओइरो लागेको छ ।

चलचित्रमा सलिन र साम्रगीका अलावा सलोन बस्नेत, अम्वर सुबेदी, सुमन पौडेल, अजश्र ढुंगाना, अनुभव रेग्मी, बुद्धि तामाङ, अनुराग कुँवर, वील्सन विक्रम राई लगायतको भूमिका रहेको छ। चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् ।  'ए मेरो हजुर २' भाद्र १६ गतेबाट प्रर्दशन हुनेछ ।  

 

PROMOTED CONTENT :-