सुशील श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘लभ डायरिज’ युट्युबमा सार्वजनिक भएको छ । सौरभ चौधरी निर्देशित चलचित्र बिहीबार युट्युबमा सार्वजनिक गरिएको हो । फागुन २ गते रिलिज भएको चलचित्रले राम्रो व्यापार गर्न सकेको थिएन जसको कारण चलचित्र रि रिलिज समेत गरियो । कोरोना भाइरसको त्रासले हलमा दर्शकको उपस्थिति नभए पछि निर्माता वितरकले गरेको रि रिलिजले पनि कुनै फाइदा पुर्‍याउन सकेन । जारी लकडाउनलाई मध्यनजर गर्दै नयाँ चलचित्र सार्वजनिक भइरहेका छन् । दर्शकले लामो समयसम्म हलमा गएर चलचित्र हेर्न पाएका छैनन् त्यसैले घरमा नै बसेर चलचित्र हेर्न सजिलो होस् भनेर एक पछि अर्को चलचित्र सार्वजनिक गरिएका हुन् । प्रेमकथामा आधारित चलचित्रमा अभिनेता सुशील श्रेष्ठ र रुविना थापाको मुख्य भूमिका रहेको छ ।