लकडाउनका बेला अभिनय सिक्न चाहनेहरूको लागी केही विशेष बनोस् भन्ने उद्देश्यले अनलाइन अभिनय कक्षा सञ्चालन हुने भएको छ । एक्टींग स्कुल अफ इन्डियाले सञ्चालन गरेको अनलाइनमा कक्षामा सहभागी हुन कुनै पनि शुल्क लाग्ने छैन । एक्टीङ स्कुलका निर्देशक नेपाली चलचित्रका निर्देशक तथा कलाकार बिशारद बस्नेतले यसबारे जानकारी दिएका हुन् । यसबारे बताउँदै उनले भनेका छन्, ‘मैले र मेरो मुम्बईको टिम मिलेर निःशुल्क इन्टरनेशनल अनलाइन एक्टिंग ट्रेनिङ सुरु गरेका हौँ । यस अगाडी तीन सेसन पुरा भइसकेको छ र अब पुनः कक्षा सञ्चालन गर्दै छौँ ।' बस्नेत यति बेला नेपालको हेटौडामा रहेर अभिनय सिकाइरहेका छन् । अनलाइन कक्षामा सहभागी हुन +९१-७७१५००१७९१ र +९७७-९८०८११०७४८ नम्बरहरूमा रहेको ह्वाट्सएप ग्रुपमा जोडिनु पर्नेछ ।