चलचित्र कलाकार सङ्घले लकडाउनका कारण प्रभावित भएका र काठमाडौँमा रहेका नृत्यकारहरुलाई राहत सामाग्री प्रदान गरेको छ । नेपाल नृत्य सङ्घमा आबद्ध करिब ७० जना नृत्यकारहरुलाई दैनिक उपभोग्य उपलब्ध गरिएको हो । नेपाल नृत्य सङ्घका कार्यवाहक अध्यक्ष जनक कार्कीले सहयोगको अपिल गरेका थिए । यस अप्ठेरो अवस्थामा नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष रविन्द्र खड्का र नेपाल शाकाहारी पार्टीले सहयोग गरेका थिए । नेपाल शाकाहारी पार्टीको अध्यक्ष राधेश्याम खड्का, चलचित्र विकास बोर्डका पूर्व सदस्य राजेन्द्र केसी, महात्मा पराजुली र राजु विद्या बज्राचार्य लगायतको सक्रियतामा नृत्यकार र नृत्य क्षेत्रका प्राविधिकलाई राहत प्रदान गरिएको हो ।