चलचित्र 'रानीमहल'को फष्टलुक सार्वजनिक भएको छ । दुई महिना यता कोरोना भाइरसको कारण चलचित्र क्षेत्र पूर्ण रूपमा ठप्प छ । निर्माण सम्पन्न बहेर रिलिजको तयारीमा रहेका चलचित्र देखी भर्खर फ्लोरमा गएका चलचित्रसम्म सबै बिचमा नै रोकिनु परेको छ । त्यस यता न कुनै चलचित्र प्रदर्शन कहिले हुन्छ टुङ्गो लागेको छ न नयाँ चलचित्र निर्माण घोषणा गर्ने साहस निर्माताले गरेका छन् । यसै बिच बिमल भुसालले निर्माण गरेको चलचित्र  रहेको चलचित्र 'रानीमहल'को फष्टलुक सार्वजनिक गरिएको हो । लकडाउनका कारण फष्टलुक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको हो । जसमा प्रितमराज सेन्चुरी, निकिता चान्डक, साहिल श्रेष्ठ र मानस्वी खरेललाई स्थान दिइएको छ । चलचित्रलाई हिमाल न्यौपानेले निर्देशन गरेका छन् । चलचित्रमा प्रितम, निकिता, साहिल र मनस्वीको अलावा नीर शाह, बिएस राणा, अर्जुनजंग शाही, सुष्मिता केसी लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रको टिजर छिट्टै सार्वजनिक गरिने बताइएको छ । भने प्रदर्शन मिति जुर्न सकेको छैन ।