गायक राज के गोस्वामी र गायिका मेलिना राईको नयाँ गीत सार्वजनिक भएको छ । अस्ट्रेलियामा रहेर नेपाली गीत-सङ्गीतमा सक्रिय गायक राजको ‘मैले माया गरेँ’ बोलको गीत सार्वजनिक भएको हो । उत्तम जङ्ग लिम्बुको सङ्गीत रहेको गीत बिहीबार युट्युबमा सार्वजनिक गरिएको हो । ‘कोसिस २’ एल्बममा समावेश यस गीत माया मगरले लेखेकी हुन् । फोटो वर्क, सिड्नीले तयार गरेको भिडियोलाई नेपाल टच नामक युट्युबबाट सार्वजनिक गरिएको छ । गीतको अफिसियल भिडियो भने सार्वजनिक भएको छैन ।