अभिनेत्री जसिता गुरुङको आज जन्मदिन परेको छ । चलचित्र 'लिलिबिली' बाट नेपाली चलचित्रमा पाइला राखेकी जसिताले आज आफ्नो  २४ औँ जन्मदिन मनाउँदै छिन् । उनी १९९६ मे १६ तारिखका दिन जन्मिएकी हुन् । कोरोना रोकथामका लागी जारी गरिएको लकडाउनका कारण उनी आफ्नो जन्मदिन घरमा नै मनाउँदै छिन् । उनको डेब्यु चलचित्रबाट नै उनी सम्भावना भएकी नायिकाको रूपमा उदाइन् भने दर्शकले उनको अभिनय पनि मन पराए । 'लिलिबिली' र 'लभ स्टेसन'मा अभिनेता प्रदीप खड्कासँग स्क्रिन सेयर गरेकी उनले वेस्ट डेब्यु अभिनेत्रीको अवार्ड समेत हात पर्न सफल भइन् । आगामी दिनमा आफ्नो कामले दर्शकको मनमा बस्न सफल हुन् हाम्रो शुभकामना !!