चलचित्र ‘रानीमहल’को टिजर सार्वजनिक गरिएको छ । २ वर्ष अगाडि नै निर्माण सुरु भएको यस चलचित्रको टिजर शुक्रवार युट्युबमा रिलिज गरिएको हो । आधा भन्दा कम मात्र छायाङ्कन गरिएको चलचित्रको टिजर पाल्पाको पर्यटकीय स्थल रानीमहल वरिपरि घुमेको छ । प्रेम कथामा आधारित चलचित्र लकडाउन सक्किए पछि छायाङ्कन सम्पन्न गरेर प्रदर्शनमा ल्याउने निर्माण पक्षको तयारी छ । चलचित्र विमल भुसालको निर्माण गरेका हुन् भने हिमाल न्यौपानेले निर्देशन गरेका हुन् । चलचित्रमा प्रितम राज, निकिता चाण्डक, साहिल श्रेष्ठ र मनस्वी खरेलका अलावा नीर शाह, बिएस राणा, अर्जुनजंग शाही, सुष्मिता केसी लगायतका कलाकारको अभिनय रहने छ । चलचित्रमा निरज कँडेलको छायाङ्कन, सम्राट महर्जनको सम्पादन, दीपक पौडेलको पटकथा तथा संवाद, हिमाल केसीको एक्सन, राहुल शाह र रामजी लामिछानेको कोरियोग्राफी छ ।