देशमा सीमा अतिक्रमणको विषयले निकै चर्चा पाइरहेको छ । भारतको ज्यादती र देशलाई नेतृत्व गरेकाले सही कदम चाल्न नसक्दा जनतामा एक किसिमको असन्तुष्टि पैदा भइरहेको छ । देशको सीमा बचाउन र अस्तित्व जोगाउन कलाकारले पनि आफ्नो कला मार्फत आवाज उठाइरहेका छन् । यसै बिच गायक विशाल पौडेलको आवाजमा देश प्रेम झल्कने गीत सार्वजनिक भएको छ । 'एकादेश' शीर्षक रहेको गीत आइतबार युट्युबमा सार्वजनिक गरिएको हो । हाम्रो देश कतै भूगोलमा मात्र सीमित हुने हो कि बन्ने हो कि भन्ने चिन्ता यस गीतमा व्यक्त गरिएको छ। गीतमा शब्द, सङ्गीत , स्वर र सङ्गीत संयोजन स्वयम् गायक विशाल पौडेलको रहेको छ । गीतमा प्रिन्स नेपालीको सारङ्गीको मिठो धुन सुन्न सकिन्छ । हाल लिरिकल भर्सनमा उपलब्ध यस गीतको भिडियोलाई संजित के घिसिङले निर्माण गरेका हुन् ।