फैजल सिद्दिकी टिकटकमा निकै चर्चित नाम हो । यिनै टिकटक स्टार विरुद्ध प्रहरीमा उजुरी दर्ता भएको छ । टिकटकमा १ करोड ३४ लाख फलोअर्स भएका सिद्दीकिलाई टिकटक प्रयोगकर्तालाई 'एसिड अट्याक' प्रोत्साहन गरेको आरोप लागेको हो । उनले एक टिकटक भिडियोमा एक युवतीलाई गाली गर्छन् अर्को युवकका लागि आफूलाई लत्त्याएका आरोप लगाउँदै हातमा भएको भाडाको पानी ती युवतीलाई छ्याप्छन्। दोस्रो दृश्यमा त्यहाँ युवती देखिन्छिन् जसको अनुहारमा 'एसिड अट्याक' भएको झल्कन्छ । भिडियो सार्वजनिक भएको केही समयमै आलोचनासहित भाइरल भयो । धेरैले उक्त भिडियो रिपोर्ट समेत गरे । जसका कारण टिकटकले समेत त्यसलाई फेजलको अकाउन्टबाट हटायो । भिडियो उनको एकाउन्टबाट हेट पनि सामाजिक सञ्जालहरूमा फैजलले प्रवाह गरेको सन्देश विरुद्ध प्रश्न उठिरह्यो र फैजलविरुद्ध कानुनी सजायको प्रक्रिया समेत अघि बढ्यो । यसबारे गल्ती स्विकार्दै फैजलले आफ्नो इन्स्टाग्राममार्फत् गल्ती स्विकार्दै माफी समेत मागेका छन् । उनले उक्त भिडियो पुनः इन्स्टाग्रामको स्टोरीमा राख्दै भिडियोमा आफूले पानी पिएको प्रस्ट देखिएको भनेका छन् ।