कोरोना प्रभावका कारण विश्व नै आक्रान्त भएको छ । यसकै कारण विश्वका अनेक ठाउँमा आयोजना हुने ठुला एवम् महत्त्वपूर्ण उत्सव हरू रोकिएका छन् । केही महिना यता विश्वका सयौँ देशमा कुनै पनि उत्सव ठुला समारोह तथा कार्यक्रम सञ्चालन भएका छैनन् । फिल्म क्षेत्रको सबैभन्दा महत्त्वपूर्ण मानिने विश्व प्रख्यात ‘कान्स’ फिल्म फेस्टिभल लगायत ठुला फेस्टिभल अनिश्चित कालका लागी रोकिएका छन् । कान्स मात्र होइन एकेडेमी अवार्ड (ओस्कार २०२१)को मिति पनि पछाडि धकेलिने सम्भावना बढेको छ । एकेडेमी अवार्डको ९३ औँ संस्करण आगामी फेब्रुअरी २८ मा तय भएको छ । तर कोरोना महामारीले गर्दा २०२० मा फिल्मको रिलिज ठप्प भएसँगै निर्धारित समयभन्दा केही महिना पछाडि धकेलिने चर्चा चलेको हो । हलमा चलचित्र रिलिज हुने सम्भावना भएपछि अनलाइन स्ट्रिमिङ भएको चलचित्रले पनि ओस्कारमा भाग लिन पाउने नियम बनाइएको छ ।

यसै गरी संसारभर नै कति फेस्टिभलको मिति पछाडि सारिएको छ भने कतिले अनलाइन माध्यमबाट फेस्टिभल आयोजना गर्ने भएका छन् । इन्टरनेसनल डकुमेन्ट्री फिल्म फेस्टिभल आम्स्टर्डम, इन्टनेस्नल फिल्म फेस्टिभल रोटर्डम र भारतको धर्मशाला फिल्म फेस्टिभल (डिफ)का आयोजकहरूले अनलाइनमै फेस्टिभल गर्ने अभ्यास गरेका छन् । अनलाइनमार्फत फेस्टिभलका फिल्महरू उनीहरूले दर्शकलाई देखाएका छन् ।