चर्चित बलिउड अभिनेता नवाजुद्दिन सिद्दिकी यति बेला १४ दिने क्वारेन्टीनमा छन् ।  बिरामी आमा भेट्न घर गएका उनी गृह जिल्ला उत्तर प्रदेशमा सुरक्षित क्वारेन्टीनमा छन् । लकडाउनका बेला यात्रा गरेको भनी चर्चामा आएका उनी फेरी श्रीमतीसँगको सम्बन्धका कारण चासोको विषय बनेका छन् । केही दिन अघि उनकी श्रीमती अन्जलीले  सम्बन्ध बिक्षेद माग गरी पत्र पठाएकी छिन् । उनले १० वर्ष लामो वैवाहिक सम्बन्ध तोडेर आफ्नो असली पहिचान अन्जली किशोर पाण्डेको रूपमा बाँच्ने बताएकी छिन् । उनले आफ्नो फाइदाको लागी कसैको (नवाजुद्दिन)को नाम र पहिचानको दुरुपयोग नगर्ने समेत बताएकी छिन् । उनले आफूले दोस्रो विवाहको बारेमा नसोचेको र नवाजुद्दिन सँगको सम्बन्ध पनि अब अगाडी बढ्न नसक्ने भनेकी छिन् । नवाज र अन्जलीका दुई सन्तान छन्, अन्जली चाहन्छिन् दुवै बच्चा आफू सँगै रहुन् ।

उनले नवाज र आफू बिच यस्ता कयौँ कुरा भएको जसका कारण आफूले डिभोर्स चाहेको बताएकी छिन तर यी कुरालाई बाहिर ल्याउने कुनै इच्छा नभएको उनको भनाइ छ । उनी भन्छिन्, ' विवाहमा आत्मसम्मान निकै ठुलो भूमिका हुन्छ जुन धेरै पहिले नै सकिएको थियो' । अन्जलीले दुई पटक नवाजलाई पत्र पठाइसकेकी छिन् र अन्तिम पटक अब निर्धारित समयमा जवाफ नपठाएमा नवाजुद्दिन विरुद्ध कानुनी प्रक्रिया सुरु हुने छ ।