भारतीय फिल्म प्रोड्युसर बोनी कपुर को घरमा काम गर्ने एक युवकलाई कोरोना पोजेटिभ देखिएको छ । यसबारे आधिकारिक जानकारी दिँदै बोनीले घरमा काम गर्ने २३ वर्षीय युवकलाई कोरोना देखिएपछि उसलाई अस्पताल पठाइएको र सम्पूर्ण घरका सदस्यलाई क्वारेनटाइनमा राखेको बताएका छन् । यसै विषयमा बोनीकी छोरी नायिका जान्वी कपुरले पनि सामाजिक सञ्जालमा 'यो समय सबै जना घरमा बस्नु नै सबै भन्दा सही उपाय भएको र सबै जना सुरक्षित रहनुहोस्' भनी लेखेकी छिन् । उनको यस पोस्टमा नायक कार्तिक आर्यनले सही समयमा सही कदम चालेकोमा र जनचेतना फैलाउनु ठुलो कुरा भएको लेखेका छन् । साथमा बोनीले जारी गरेको सन्देशमा आफ्नो परिवारका सबै सदस्यले निकै सजगता अपनाएको र यस समयमा अफवाह नफैलाउन र सुरक्षित रहन आग्रह गरेका छन् ।