नेपाल सरकारले सार्वजानिक गरेको नयाँ नक्साको बिषयलाई लिएर खुसी व्यक्त गरेकै कारण अभिनेत्री मनिषा कोइराला यतिबेला भारतिय मिडिया खनिएका छन् । नेपालको समर्थन गरेको कारण भारतिय मिडियाले मनिषामाथी बिभिन्न आरोप समेत लगाएको छ । मनिषालाई भारतिय मिडियाले गरेको एकोहोरो अत्याचार माथि यतिबेला नेपाली कलाकारहरु बिरोधमा उर्लिएका छन् ।

त्यस्तै नायिका बर्षा राउतले सम्पुर्ण नेपाली चलचित्रकर्मीले बिरोध गर्नुको साथै मनिषा कोइरालाको स्वाभिमानलाई अझै मजबुत बनाउन साथ दिन जरुरी रहेको बताउछिन् । बर्षा लेख्छिन् ‘पसिना बेच्न सकिन्छ, आमा होईन १ मनीषा कोईराला दिदीले आफ्नो आमा माथि हस्तक्षेप सहनु भएन । त्यसैले उहाँले आफ्नो अपमानसँग नडराई मातृ भूमीको सम्मान मा उभिनु भयो । आज भारतिय मिडियाले उहाँ माथी गरेको आक्रमण र अपमानको हामी सम्पूर्ण नेपाली चलचित्रकर्मीले बिरोध गर्न जरुरी छ र मनिषा दिदीको स्वाभिमानलाई अझै मजबुत बनाउन साथ दिन जरुरी छ । हाम्रो मातृ भूमि र हाम्रो स्वाभिमान प्रतिको हस्तक्षेप कदापि स्वीकार्य छैन।’