पछिल्लो समय सामाजिक सञ्जालमा निकै सक्रिय अभिनेत्री हुन् वर्षा सिवाकोटी । यसै गरी नायक नाजिर हुसेन पनि दर्शकले निकै रुचाएका कलकार हुन् जो बेला बेला आफ्ना दर्शक शुभचिन्तकसँग जोडिइरहन्छ्न्। एक वर्ष अघि रिलिज भएको चलचित्र 'विर विक्रम २' मा स्क्रिन सेयर गरेका यी जोडी यतिबेला आ- आफ्नो दुनियाँमा व्यस्त छन् । लाकडाउनका कारण दुवै कलाकार पछिल्लो दुई महिना यता घरमा नै छन् । उनीहरू आफूलाई मन पर्ने र नयाँ नयाँ काम गर्दै समय बिताइरहेको बताइरहेका छन् । वर्षा सिवाकोटी पछिल्लो समय सामाजिक सञ्जालमा निकै सक्रिय देखिन्छिन् । उनी हरेक दिन आफूले गरेका नयाँ कामहरू तस्बिर तथा भिडियो मार्फत सेयर गर्दै छिन् । उनी यस लकडाउनको समयमा चलचित्र हेर्न भन्दा किताब पढ्नमा आफू रमाउने बताउँछिन् । यसै गरी अभिनेता नाजिर पनि एक प्रकारले अन्तरमुखी स्वभावका कलाकार हुन् । उनी एक राम्रो कलाकार मात्र नभएर कवि पनि हुन् । उनी यो लकडाउनमा आफूलाई आफूसँग बिताउने समय पाएको बताएका छन् । उनी यो समयमा लेख्ने, पढ्ने जस्ता काम गर्दै समय बिताएको र हामीले कुनै कामको लागी पनि हतार गर्न नहुने भन्ने कुरा बुझेको बताएका छन् । लकडाउनमा आफू र आफ्नो परिवारसँग मनग्गे समय बिताउने बहाना भएको भए पनि आफ्नो कामलाई निकै सम्झने उनीहरु  सुनाउँछन् ।

नाजिर भन्छन्,' काम एउटा ठाउँमा हुन्छ तर यो समयले हामीलाई खोज्ने बानी बसाएको छ । जहाँ अभाव हुन्छ त्यहाँ नयाँ बाटोको खोजी हुन्छ ।' नाजिर र वर्षाले एक वर्षा अगाडीको समय सम्झँदै ती दिन सम्झँदा निकै रमाइलो लाग्ने बताएका छन् । उनीहरू आफूले दिएका अन्तर्वार्ता लगायतका भिडियो हेर्दा रमाइलो लाग्ने सुनाउँछन् । साथै चलचित्र विर विक्रम रिलिज हुँदा भएको कन्टोभर्सी को बारेमा आफू चुप बस्नुको कारण आफूलाई अग्रज दाइहरूले सम्झाएको वर्षाले बताएकी छिन् । नाजिरले यो समयमा आफू विरुद्ध भएको अत्याचार र दुर्व्यवहारलाई सहेर बस्न नहुने अनुरोध गरेका छन् । सिनेपाटी टिभीसँगको अन्तर्वार्तामा आफूले लेखेका कविता पनि सुनाए । रमाइलो कुरा गर्दै जाँदा वर्षाले पहिले आफूलाई टिकटक मन नपर्ने बताएकी र यति बेला उनी आफै टिकटकमा सक्रिय भएकी छिन् । यसै बारे उनले आफ्नो भनाइ राखेकी छिन् ।