चलचित्र ‘ड्रिम्स’बाट रजतपटमा प्रवेश गरेकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको पछिल्लो समय व्यस्तता बढ्दो छ । चलचित्र ‘ड्रिम्स’ पछि साम्राज्ञी अभिनित प्रदर्शनको तयारीमा छन् ।


‘ए मेरो हजुर २’ र ‘तिमी सँग’ उनको प्रदर्शनको तयारीमा रहेको चलचित्र हो ।त्यस्तै साम्राज्ञी चलचित्र ‘इन्टु मिन्टु लण्डन’मा छायाँकनको लागी चाँडै लण्डन जाँदै छिन् ।

नेपाली सिनेनगरीमा पछिल्लो समय आश लाग्दी नायिकाको रुपमा रहेकी शाह पहिरनको बिषयमा भने सचेत छिन् ।

शुक्रबार चलचित्र ‘ए मेरो हजुर २’को ट्रेलर लन्चमा केही ढिलो पुगेकी शाहको पहिरनले सबैको आखाँ तानेको थियो । कालो रङको वानपिसमा साम्राज्ञी कार्यक्रममा पुगेको थिइन् ।