जाजरकोटका कथित तल्लो जातका नवराज विकको निर्मम हत्याले सामाजिक सञ्जाल लगायत मिडिया तातेको छ । आफ्नी प्रेमिकासँग बिहे गर्न रुकुम चौरजहारी पुगेका उनको कथित माथिल्लो जातकी केटीसँग प्रेम गर्नु नै मृत्युको कारण बन्यो । उनी मात्र होइन उनलाई साथ दिनको लागि सँगै गएका चौरजहारीका टीकाराम सुनार र रानागाउँका गणेश बुढा मगरले पनि ज्यान गुमाउनु पर्‍यो । यसले आजको समयमा पनि हाम्रो देशमा जातीय भेद भाव कति गहिरोसँग गढेर बसेको छ भन्ने प्रमाणित हुन्छ । यस निन्दनीय कार्यको विरोध आम नेपाली देखी कलकार , सेलिब्रेटी सबैले गरिरहेका छन् । हिजोसम्म सीमा अतिक्रमणको विवादले तातेको सामाजिक सञ्जाल र सञ्चारमाध्यम आज यस हत्याको आशुमा डुबेका छन् । यसै बिच  नायिका पूजा शर्माले हत्या भएका नवराज विक र उनका साथीको हत्यामा संलग्नलाई कडा भन्दा कडा कारबाहीको माग गरेकी छिन् । उनले सामाजिक सञ्जालमा एक स्ट्याटस पोस्ट गर्दै आजको समयमा पनि हाम्रो सोचमा चाहिँ कहिले फरक न आएको गुनासो गरेकी छिन् । उनी लेख्छिन्, ' रोग चाहिँ नयाँ आउन थाली सक्यो तर हाम्रो सोचमा चाहिँ कहिले नयाँपन आएन हो । समानता नै मानवताको पहिलो आधारशिला हो भन्ने तथ्य कहिले बुझ्छौँ होला है हामीले ? अब रोग सङ लड्नु कि छिमेकीको मिचाइबाट लड्नु कि आफ्नै घर भित्रको अन्तर जातीय विभेद सँग लड्नु... साँच्चै नै गाह्रो छ स्थिति.. भगवान् हामी सबैलाई सद्बुद्धि र सही बाटो देखाऊ!! दोषीलाई कडा भन्दा कडा कारबाही होस् सरकार..' ।