केही दिन अगाडी नायिका वर्षा राउतले अन्तर्वार्तामा बोलेको केही वाक्यले उनलाई निकै विवादित बनायो । विवादित सँगै वर्षालाई मानसिक एवम् सामाजिक दुर्व्यवहारको सिकार बनाइयो । उनले बोलेको केही सेकेन्डको भिडियोलाई आधार मानेर त्यसलाई गलत अर्थ लगाएर विवादित बनाइए पछि वर्षा पूर्ण रूपले टुटिन् । उनलाई माया र भावनात्मक रूपले जोडिएका उनका शुभचिन्तक हरूले नै यसरी नकारात्मक रूपमा सानो कुरालाई प्रचार गरेपछि वर्षाको मन टुट्नु सामान्य नै भयो । उनले यसलाई आफ्नो गल्ती स्वीकार गरेर माफी पनि मागिसकेकी छिन् । उनलाई जति नै विवादित बनाइ उनका केही शुभचिन्तक र उनको कुराको आशय गलत नभएको बुझ्नेले उनलाई यस अवस्थामा साथ दिए । उनलाई केही समय आउने र हराइजाने कुराहरूमा ध्यान नदिन र आफूलाई गलत नसोच्न धेरैले सहयोग गरे । उनी गुज्री रहेको यस समयलाई सहज बनाउन हर सम्भव प्रयास गरिरहेका छन् उनका श्रीमान् संजोक कोरालाले ।
वर्षालाई उनी गलत नभएको तर समय ले यस्तो परिस्थिति सृजना गरेको विश्वास दिलाउन उनका शुभचिन्तक एवं संजोकले कोसिस गरिरहेका छन् । यसैबिच वर्षा र संजोगले आफूहरू बिस्तारै ठिक हुँदै गएको बताएका छन् । सामाजिक सञ्जाल मा एक सन्देश सार्वजनिक गर्दै उनीहरूले आफूहरूलाई यस कठिन समयमा विभिन्न माध्यमबाट साथ दिने सबैलाई धन्यवाद दिएका छन् । उनीहरूले आफूहरू अझै पूर्ण रूपमा ठिक नभए पनि पूर्ण रूपमा नटुटेको र बिस्तारै सामान्य अवस्थामा फर्किने कोसिस गरिरहेको उल्लेख गरेका छन् । उनीहरू लेख्छन्, 'यो नराम्रो समयमा हामी सुन्दर समयको खोजी गर्दै र पीडालाई आफूभित्र समाहित गर्दै छौँ' ।