लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर जारी गरिएको नक्सालाई लिएर सारा नेपाली निकै खुसी भए । साहसिक एवं इतिहासमा लेखिने काम सरकारले गरेकोमा आम नेपाली देखी कलाकार सेलिब्रेटी सबैले उत्सव मनाए । स्वाधीनताको लागी यो निकै चुनौतीपूर्ण कदम भएको र यसमा सफल भएको भनि सबैले प्रधानमन्त्रीको जयजयकार गरे । तर बुधवार लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर जारी गरिएको नक्सालाई संविधानको अङ्ग बनाउने संशोधन विधेयक रोकियो । यसपछि सबैको आशा मुर्झाएको छ । यसलाई चासोको विषय बनाउँदै धेरै प्रश्नहरू उब्जिएका छन् । कलाकारहरूले यस विषयमा चासो दिइरहेका बेला गायक प्रमोद खरेलले भारतीय चलखेलका कारण संशोधन रोकिएको हो कि भन्ने आशङ्का व्यक्त गरेका छन् । नेपाली राजनीतिक बजारमा भारतीय पूर्व राजदूत श्याम शरण काठमाडौँ आएको र संशोधन विधेयक रोकिएको विश्लेषण भइरहेका बेला खरेलले आफ्नो सामाजिक सञ्जालमा एक स्ट्याटस राखेका छन् ।
उनी लेख्छन्, '२ दिन अघि भारतीय प्लेन किन अवतरण गर्यो होला लकडाउनमा भन्ने लाग्यो !
संयोग,आज संशोधन रोकियो
सत्तापक्ष र प्रतिपक्ष दुवै संशोधनको निम्ति र देशको निम्ति दृढ र इमानदार रहुन्।
अब फेरि विगतमा झैँ दबाबमा वा कसैको लोभ लालच र चुंगुलमा नफसुन्,
यो माटो र यहाँ बस्नेहरूको #आग्रह'
उनले गणतन्त्र दिवसको शुभकामना दिँदै यथाशीघ्र संविधान संशोधन पारित गर्ने सङ्कल्प गर्दै देश जनता र पुर्खाको शिर उच्च राख्ने प्रतिबद्धता झन् मजबुत होस् भनेका छन् ।