दीपक बज्राचार्यको आवाजमा कोरोना सम्बन्धी नयाँ गीत सार्वजनिक भएको छ । ‘द कोरोना सङ्ग’ शीर्षक रहेको गीत शुक्रवार युट्युबमा सार्वजनिक गरिएको हो । गीतमा दीपकलाई चेरिसा बज्राचार्यले स्वर दिएर साथ दिएकी छिन् । गीतमा म्युजिक कम्पोजिसन गायक बज्राचार्यकै छ भने भिडियो कन्सेप्ट चेरिसाको रहेको छ । गीतको भिडियोले मौलिक नेपाली पन बोकेको छ । युनिसेफ दक्षिण एसियासँगको सहकार्यमा उनले सचेतनामूलक गीत सार्वजनिक गरेका हुन् । घरै बसेर, सामाजिक दुरी कायम गरेर र सकारात्मक सोचका साथ स्वास्थ्य जीवन शैली अपनाएर कोरोनाबाट बच्न र बचाउन गीत का मार्फत अनुरोध गरिएको छ । गीत सार्वजनिक गर्दै दीपकले लकडाउनको अवस्थामा एकजुट भएर आआफ्नो स्थानबाट कोरोना भाइरस नियन्त्रण गर्न सहयोग गर्न आग्रह गरेका छन् ।