कलाकार जयनेन्द्र चन्द ठकुरीको ८० वर्षको उमेरमा आइतबार निधन भएको छ । ठकुरीको बिहान ११ बजेर २० मा आफ्नै घर बागडोलमा निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले जानकारी दिए ।
उनको आजै पशुपति आर्यघाटको विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिँदैछ ।