‘द भ्वाईस अफ नेपाल सिजन २’ बाट चर्चामा आएका गायक पृथ्वी खनालको आवाजमा गीत सार्वजनिक भएको छ । राष्ट्रियता जगाउने ‘सरर लिपुलेक’ बोलको गीत गायक खनालको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । गीतमा डम्बर हिङमाङ र पृथ्वीकै शब्द सिर्जना रहेको छ भने डम्बर हिङमाङको सङ्गीत रहेको छ । नेपाल र भारतको सीमा विवादलाई समेटिएको गीतको भिडियोमा कमेडी च्याम्पियनबाट चर्चामा आएका खड्ग बहादुर पुन (खबपु) र गायक पृथ्वी फिचर्ड छन् । गीतको भिडियोलाई पिटर गुरुङले छायाकंन र सम्पादन गरेका हुन् भने हरि पुन मगरले निर्देशन गरेका हुन् । भिडियोमा नेपालको भौगोलिक र सांस्कृतिक विविधता तथा स्वाभिमानी इतिहास समेटिएको छ ।