अनुपविक्रम शाही र अभिनेत्री केकी अधिकारी अभिनीत चलचित्र ‘हुर्रे’ युट्युब ट्रेन्डिङको एक नम्बरमा परेको छ । युट्युबमा सार्वजनिक भएको केही दिनमा नै ट्रेन्डिङ १ मा आउन सफल भएको हो । लकडाउनको समयलाई मध्यनजर गर्दै दर्शकलाई घरमै बसेर मनोरञ्जन दिनको लागी चलचित्र हाइलाइट्स नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । हलमा दर्शकको राम्रो साथ र प्रतिक्रिया पाउन नसकेको चलचित्र युट्युबमा भने रुचाइएको छ । यति बेला सम्म चलचित्रलाई १७ लाखभन्दा बढी दर्शकले हेरिसकेका छन् । भने २० हजार दर्शकले चलचित्रलाई लाइक गरेका छन् । चलचित्रलाई डिसलाइक गर्नेको सङ्ख्या जम्मा २३ सय छ । चलचित्रमा १४ सय बढी प्रतिक्रिया आइसकेको छ ।  चलचित्रमा विजय बराल, राजाराम पौडेल, अङ्कित खड्कालगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । दावा शेर्पा ‘शेट्टी’ को प्रस्तुतिमा तयार भएको चलचित्रमा सोनाम लामा ‘ब्लोन’ र छिरिङ दोर्जे लामाको लगानी रहेको छ । कालीप्रसाद देवकोटा र राजनराज सिवाकोटीको सङ्गीत रहेको गीतमा विक्रम स्वारको कोरियोग्राफी रहेको छ। शिव ढकालको छायाङ्कन गरेको चलचित्रलाई चन्दन दत्तले सम्पादन गरेका हुन् । यसलाई यम थापाले लेखन तथा निर्देशन गरेका हुन् ।