गायक तथा अभिनेता आसिफ शाहको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ। 'एउटा व्यथा' बोलको गीत शुक्रवार युट्युबमा सार्वजनिक गरिएको हो । गीतमा गायक शाहकै सङ्गीत रहेको छ भने आसिफ र अविरल थापाको शब्द रहेको छ । गीतका म्युजिक प्रोड्युसर शैलेन्द्र प्रधान "बाबु" हुन् । 'जी २१' को अफिसियल युट्युब च्यानलबाट गीतको लिरिकल भिडियो सहित सार्वजनिक गरिएको हो । जसलाई नगेश कँडेलले तयार पारेका हुन् । गीतले मनमा भएको व्यथा र प्रेमको भाव बोकेको छ । सुमधुर स्वर र मार्मिक शब्द रहेको गीत सुन्दर बनेको छ।