नायक अनुपविक्रम शाहीले समस्यामा परेकालाई सहयोग गर्दै आएका छन् । केही दिन अघि राजधानीका विभिन्न क्षेत्रमा पुगेर लकडाउनमा खाद्यान्न अभावसँग लडिरहेकाहरूलाई खाना वितरण गरेका थिए । यसै क्रममा उनले काठमाडौँ धापासी,ग्रिन ल्यान्ड स्थित 'हाम्रो बाल संरक्षण धरोहर नेपाल' बाल आश्रमलाई सहयोग गरेका छन् । शाहीले ३१ जना बालबालिकाका लागी चामल, दाल, नुन लगायत अन्य दैनिक उपभोग्य हरू हस्तान्तरण गरेका हुन् । अनुपले प्रत्येक ३ महिनामा आश्रमलाई खाद्यान्न र औषधी उपचारमा सहयोग गर्ने जानकारी दिएका छन् । विश्वभरि महामारीको रूपमा फैलिएको कोरोना भाइरसलाई नियन्त्रण गर्नका लागि सरकारले लकडाउन गरे सँगै दैनिक ज्याला मजदुरी गरेर खाने, विपन्न परिवार वृद्ध र बाल आश्रमहरूलाई बिहान साँझ खाना खान समस्या भएकाले आफूले सक्दो सहयोग गर्ने अनुप बताउँछन् ।