जातीय विभेदको कारण रुकुममा घटेको घटनाको जति निन्दा गरे पनि पुग्दैन । यसले एक प्रेमी एक छोराको मात्र ज्यान लिएर उनी सँगै उनको खुसीमा साथ दिन गएका साथीहरूको पनि ज्यान लियो । यसको विरोधमा संसार भर रहेका नेपालीले आवाज उठाइरहेका छन् । यस घटनालाई सम्झेर साहित्य सृजना हुने देखी गीत सङ्गीत पनि बनिरहेका छन् । विभिन्न कलात्मक आवाज बाट यस घटनाको विरोध भइरहेको छ । यस घटना सम्झँदै निर्देशक सुदीप बबी भूपाल सिंहले के भयो लौन भेरीमा बोलको गीत सार्वजनिक गरेका छन् । गीतमा सुमिरन राणाको स्वर रहेको छ । भने भूपालको लेखन, कम्पोज र निर्देशन रहेको छ । स्वर्णिम महर्जनको फ्लुट रहेको गीतमा कोभिड बज्रको सारङ्गी छ । गीतको एरेञ्ज, मिक्सड् र मास्टटर्ड राजन ईशानले गरेका हुन् । गीत सुबिन पैल्कको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । हाललाई गीतको लिरिकल भिडियो हेर्न सकिन्छ ।