२०७३ सालमा निर्माण घोषणा गरिएको रेखा थापाको चलचित्र 'हिरो रिटर्न्स' रिलिज हुने भएको छ । विभिन्न कारणले प्रदर्शन हुनबाट रोकिएको चलचित्र हलमा नभएर टिभीमा रिलिज हुन लागेको हो । रेखाको डेब्यू चलचित्र 'हिरो' सँग नाम जोडेर निर्माण गरिएको चलचित्रलाई नायक सविन श्रेष्ठ निर्माण गरेका हुन् । उनले लामो समयसम्म सबिनले चलचित्र हलमा रिलिज गर्न सकेका थिएनन् । अन्त्यमा चलचित्र यस वर्षको वैशाख २६ गते प्रदर्शन गर्ने भनिएको थियो । विडम्बना लकडाउनका कारण यो चलचित्र निर्धारित समयमा पनि रिलिज हुन सकेन । अब भने 'हिरो रिटर्न्स'लाई निर्माण टिमले हलभन्दा अगाडि टिभीमा रिलिज गर्ने निर्णय गरेको छ । यही जेठ ३० गतेबाट डिस होममा रिलिज हुनेछ । कोरोना कहरका कारण अझ केही समय दर्शकहरू हलमा आउन सक्ने अवस्था नरहेकोले टिभीमा फिल्म रिलिज गर्न लागेको बताइएको छ । यसलाई आशिष भेटवालको निर्देशन गरेका हुन् भने सविन श्रेष्ठ, रेखा थापा र दिल श्रेष्ठको मुख्य भूमिका रहेको छ । चलचित्र एक्सन र लभ स्टोरी जनरामा बनेको छ ।