पूर्व युवराज्ञी हिमानी शाह छोरीहरूसँगै अहिले थाइल्यान्डमा रहेकी छिन् । छोरीको अध्ययनका लागि थाइल्यान्डमै रहेकी हिमानी टिकटक सार्वजनिक भएको छ । छोरी पूर्णिका शाहले आफ्नी आमा हिमानीसँग बनाएको भिडियो टिकटकमा हालेपछि केही समयमा नै भाइरल भयो ।  गायक सविन राईले गाएको 'गुराँसको फेदमुनि सम्झना छाया' बोलेको  गीतमा हिमानी छोरीहरूसँग नाचिरहेकी देखिन्छिन् । पूर्णिका शाहको अकाउन्टबाट अपलोड गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको हो । श्रीमती हिमानी र छोरीहरू नाचेको भिडियो पूर्व युवराज पारस शाहले समेत फेसबुकमा सेयर गरेका छन् । लकडाउनको समयमा सर्वसाधारण देखी सेलिब्रेटी कलाकार सबैको समय कटाउने र मनोरञ्जन गर्ने माध्यम बनेको छ टिकटक । मानिसहरू टिकटक भिडियो बनाएर रमाइलो गरिरहेका छन् भने अभिनयका कारण कति त कलाकार चर्चामा पनि आइरहेका छन् ।