पुराना कलाकार, पत्रकार तथा निर्माता देव लामा यति बेला अस्वस्थ छन् । उनी लामो समययता ब्रेन हैम्ब्रेजको सिकार भएर उपचार गराइरहेका छन् । लामो समयको उपचार पछि आर्थिक अवस्था कमजोर भएका उनलाई चलचित्र कर्मी कल्याणकारी कोषले सहयोग गरेको छ । उपचारमा आर्थिक अभाव भएको जानकारी आएपछि मङ्गलवार चलचित्र विकास बोर्डमा बैठक बसेर चलचित्र कर्मी कल्याणकारी कोषबाट रु.९५,००० दिने निर्णय गरिएको थियो । बुधवार उनको परिवारलाई उक्त रकम हस्तान्तरण गरिएको हो । चलचित्र प्राविधिक सङ्घका अध्यक्ष पुष्कर लामाले आफ्नो फेसबुकमा उल्लेख गरेका छन् । चलचित्र विकास बोर्डको नवनियुक्त अध्यक्ष दयाराम दाहाल, कोषको संयोजक वसुन्धरा भुसाल, कालाकार सङ्घको अध्यक्ष रबिन्द्र खड्का, चलचित्र प्राविधिक सङ्घका अध्यक्ष पुष्कर लामा लगायतले लामाको परिवारलाई रकम हस्तान्तरण गरेका हुन् ।
यसबारे निर्देशक लामाले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, 'निर्देशक समाजबाट किशोर चौधरी लगायत सिफारिस भएका सबै बिरामी चलचित्र कर्मीहरूलाई केही रकम सहयोग गरिएको र हालै दिवङ्गत वरिष्ठ कलाकार स्व. जयनेन्द्र चन्द ठकुरी दाइको अन्त्येष्टिमा सहयोग गरेको रकम अनुमोदन निर्णय भएकोले कल्याणकारी कोषकी संयोजक, विशिष्ट चलचित्र कलाकार आदरणीय वसुन्धरा भुसाल दिज्यू, चलचित्र विकास बोर्ड सदस्य- सचिव श्री महेन्द्र साँखी ज्यु प्रति हार्दिक आभार प्रकट गर्दछु ।' उनी अगाडी लेख्छन्, 'निर्देशक समाजबाट किशोर चौधरी लगायत सिफारिस भएका सबै बिरामी चलचित्र कर्मीहरूलाई केही रकम सहयोग गरिएको र हालै दिवङ्गत वरिष्ठ कलाकार स्व । जयनन्द चन्द ठकुरी दाइको अन्त्येष्टिमा सहयोग गरेको रकम अनुमोदन निर्णय भएकोले कल्याणकारी कोषकी संयोजक, विशिष्ट चलचित्र कलाकार आदरणीय वसुन्धरा भुसाल दिज्यू, चलचित्र विकास बोर्ड सदस्य- सचिव श्री महेन्द्र साँखी ज्यु प्रति हार्दिक आभार प्रकट गर्दछु ।'