लकडाउनको समयमा समस्यामा परेका वर्गको कथा बोकेका गीत सङ्गीत कथा कविता लगायत साहित्य सिर्जना भइरहेका छन् । यसै क्रममा घरमा नै बसेर केही निर्देशक कलाकारले छोटा चलचित्र बनाइरहेका छन् । भर्खरै पैसा कमाउन काठमाडौँ प्रवेश गरेका ३ युवाको कथा बोकेको छोटो चलचित्र ‘पैसो’ सार्वजनिक भएको छ । लकडाउन भएपछि पैसाको अभावमा उनीहरूले भोगेको समस्या नै चलचित्रको मूल कथा हो । चलचित्रले लकडाउनका कारण समस्यामा परेका कलाकारको कथा भन्छ । चलचित्रलाई कलाकार राज न्यौपाने र  अर्जुन तिवारीले निर्माण गरेका हुन् । भने यसमा अर्जुन सुवेदी, सन्जोग पौडेल, राकेश बिक, सञ्जय पोखरेल, रामु घिमिरे, कृष्णबहादुर गिरीको अभिनय रहेको छ । अर्री इन्टरटेन्मेन्टले प्रस्तुत गरेको पैसोलाई राज न्यौपानेको लेखन तथा निर्देशमा गरेका हुन् । साथमा अर्जुन तिवारीको छायाङ्कन तथा सम्पादन रहेको छ ।