सञ्चार कर्मी तथा लेखक चुरामणि खनालको गीत सार्वजनिक भएको छ । 'नबिर्सौँ वीरताको गाथा' बोलको गीत इन्टरनेटमा सार्वजनिक गरिएको हो । गीतमा खनाल स्वयंको शब्द, सङ्गीत र स्वर रहेको छ । गीतमा खनाललाई मनिका विश्वकर्माले स्वरमा साथ दिएकी छिन् । सार्वजनिक गीतको भिडियोमा गौतम खाती र साया भण्डारी फिचर्ड छन् । मनोज बस्नेतले खिचेको भिडियोलाई कथा एक्सप्रेसले प्रस्तुत गरेको हो । गीतले नेपाल-भारत सीमा विवादको विषय उठान गरेको छ । सीमा मिचिँदा नागरिक तहबाट निर्वाह गर्न सकिने भूमिकाको समेत बयान गरिएको छ । गीत बुढासुब्बा डिजिटलको च्यानलमा हेर्न सकिन्छ ।