गायक भूपु पाण्डे र चर्चित हाँस्य टेलिश्रृङ्खला सक्किगोनीकी सिर्जना अर्थात् उषा उप्रेतीको 'छोटो छ जीन्दगी'लाई दर्शकको तारिफ मिलेको छ।

नारायण नेपालीको शब्द रहेको गीतमा संगीत तथा स्वर भूपु पाण्डे र मेलिना मैनालीको रहेको छ।गायक भूपु र उषाको अभिनय रहेको म्युजिक भिडियोको कथा, कन्सेप्ट तथा निर्माण गायक स्वयम्को रहेको छ भने सागरबाबु भट्टको डेब्यु निर्देशन रहेको छ।

योगेश दहालले खिचेको भिडियोलाई मनोज कार्कीले सम्पादन तथा श्याम कुँवरले रंग सम्पादन गरेका हुन् ।