लकडाउनका कारण कलाकार सेलिब्रेटी देखी चलचित्र र अभिनयमा रुचि राख्ने सबै घरमा नै सीमित भएका छन् । घरमा बसेका बेला समयको सदुपयोग र आफ्नो नयाँ कन्सेप्टलाई यथार्थमा ल्याउन धेरै कला कर्मीले विभिन्न रचनात्मक काम गरिरहेका छन् । जस मध्य सबै भन्दा कम समय लिने र दर्शकलाई मनोरञ्जनका साथमा सन्देश दिन सकिने छोटा चलचित्र निर्माण भइरहेका छन् । कोरोना सम्बन्धी र यसले निम्त्याएको समस्यालाई समेट्दै नयाँ नयाँ छोटा चलचित्र निर्माण हुने क्रम जारी छ । यसैबिच मित्र डी गुरुङको निर्देशनमा लकडाउनको कथा बोकेको छोटो चलचित्र सार्वजनिक भएको छ । चलचित्र ‘परिस्थिति’ युट्युबमा रिलिज गरिएको हो । नेपालिज ह्यान्ड्सको अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको यस चलचित्रमा लकडाउनको कथा देखाइएको छ । लकडाउनको समयमा कोरोनाले साथीभाइ, आफन्त सबैलाई कसरी टाढा बनाइरहेको पनि यथार्थ प्रस्तुत गरिएको छ । ‘परिस्थिति ’मा अमृत ढुङ्गाना ,सन्जोग रसाइली ,आकाङ्क्षा तामाङ, मनिष गौतम ,आर सी रिमाल ,देवराज भण्डारी लगायतले अभिनय रहेको छ । चलचित्रको कथा भने निर्देशक गुरुङ र मनिष गौतमले लेखेका हुन् । यसलाई राजकुमार श्रेष्ठले खिचेका हुन् भने पटकथा र संवाद मित्र डी गुरुङ र मनिष गौतमको रहेको छ । चलचित्रको सम्पादन निर्देशक आफैले गरेका हुन् ।