गायक प्रमोद खरेल बाबु बनेका छन् । ६ दिन अघि उनको छोरी जन्मिएकी थिइन् । भर्खर जन्मिएकी छोरीलाई केही दिन चिकित्सकको निगरानीमा राख्नु पर्ने भएपछि ६ दिन पछि मात्र खरेलले आफ्नी छोरीलाई काखमा लिन पाएको उनले सामाजिक सञ्जाल मा लेखेका छन् । उनले त्यो ६ दिन निकै कठिन र पिडादायक रहेका कारण आफूले सबै सामु खुसी साँट्न नसकेको लेखेका छन् । उनी लक्ष्मीको आगमन भएसँगै निकै जिन्दगीले अर्को खुसीको आकाश छोएको ब ताएका छन् । उनले छोरीको तस्बिर सार्वजनिक गर्दै सामाजिक सञ्जालमा स्ट्याटस राखेका छन् ।
उनी लेख्छन्:
'जिन्दगीले अर्को खुसीको आकाश छोएको छ,
घरमा #लक्ष्मीको आगमन भएको छ...
तर..
भ्यान्टिलेटरमा ६ दिन (१४५ घण्टा )को कठिन सङ्घर्ष पछि बल्ल उनी हाम्रो काखमा आइपुगिन... तनावग्रस्त अवस्थाले रुनु न हाँस्नु भयौँ, सबैसँग खुसी बॉडने असीमित चाहना हुँदाहुँदै पनि सकिएको थिएन, न त दुखै साट्न सकियो। खुसी पक्कै आउला भनेर हरेस खाइएन, डा. नुतन शर्मा डा. शिव चालिसे डा गणेश शाह लगायत अल्का हस्पिटल टिम, शुभेच्छुक,भगवान र प्रार्थना गरिदिनु हुने सबैप्रति आभारी छौँ ।'