२०६१ सालमा निर्माण भएको चलचित्र 'आँधी तुफान' को सिक्वेल बन्ने भएको छ । निर्देशक महेन्द्र बुढाथोकीको निर्देशनमा बनेको चलचित्र स्क्रिप्ट राइटर तथा निर्माता मौनता श्रेष्ठले निर्माण गर्न लागेका हुन् । चलचित्रलाई दर्शकले निकै रुचाएका थिए । निर्माता मौनताले लकडाउन अवधिभर 'आँधी तुफान–२' को स्क्रिप्ट लेखिसकेको र अब भदौबाट सुटिङ सुरु गर्ने बताएका छन् । लेडि एक्सन फिल्म ‘आँधी तुफान’ मा पूजना प्रधान, ऋचा घिमिरे, रञ्जु लामिछाने लगायतका कलाकारको अभिनय रहेको थियो । अब बन्ने सिक्वेलको निर्देशक तथा कलाकार छनौटकै क्रममा रहेको बताइन्छ । अब बन्ने सिक्वेल मा पनि चलचित्रले नारी कै कथा बोक्ने बताइएको छ ।