नेपालको पहिलो कमेडी रियालिटी शो कमेडी च्याम्पियनले खड्गबहादुर पुन मगरलाई चर्चामा ल्यायो । रोल्पाका पुनले चर्चा मात्र पाएनन् उनी फस्ट रनर अप पनि भए । उनको कमेडी गर्ने तरिका र अभिनय गर्ने शैलीले धेरैको मन जित्यो । उनै दर्शकका प्रिय खबपु अब टेलिभिजनको पर्दामा देखिने भएका छन् एउटा कलाकारको रूपमा । उनी एनटिभी प्लसबाट प्रसारण हुने टेलिसिरियल 'अति भो'मा देखिन लागेका हुन् । यस हास्य टेली सिरियल हरेक शनिवार रातको ९ बजे प्रसारण हुने गर्दछ । रियाशा दाहाल, शर्मिला शर्मा, युग ज्योति क्रियाशील, कञ्चन खड्का, राहुल श्रेष्ठ, सुमन सागर जंग केसी, चन्द्र पाण्डे, सुरज खनाल, तिलक कोइराला, सीमा ढकाललगायतका कलाकारको अभिनय रहेको अति भो लाई सन्तोष खनालले निर्देशन गरेका हुन् ।