गायन रियालिटी शो ‘नेपाल स्टार’ काठमाडौँ अडिसन भाग प्रसारण हुने भएको छ । नेपाल स्टारको काठमाडौँ अडिसन आज राती ८:५० बजे नेपाल टेलिभिजनबाट प्रसारण हुनेछ । नेपाली गायन रियालिटी शोमा आफ्नो पन भित्र्याउने लक्ष सहित सुरु गर्न लागिएको नेपाल स्टारको काठमाडौँ अडिसन भाग २ प्रसारण हुन लागेको हो । कि इन्टरटेनमेन्टको प्रस्तुति र कि एड्भरटाइजिंगको बजार व्यवस्थापनमा नेपाल टेलिभिजनबाट प्रसारण हुने शोमा नेपाली सुगम गीत सङ्गीतका तीन हस्ती आलोक श्री, गायक रामकृष्ण ढकाल र गायिका अन्जु पन्त निर्णायकको रूपमा रहेका छन् ।