मुम्बईमा रहेकी नेपाली अभिनेत्री निरिषा बस्नेतले कोरोनालाई जितेकी छिन् । आफ्नो रुम पार्टनरलाई कोरोना सङ्क्रमण देखिएपछि स्वाब परीक्षण गर्दा उनीमा पनि कोरोना पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएपछि उनी मुम्बईको एक अस्पतालमा भर्ना भएकी थिइन् । केही समय चिकित्सकको निगरानीमा रहेकी बस्नेत कोरोना मुक्त भएको उनका बाबु विश्व बस्नेतले जानकारी दिएका छन् । नेपाली चलचित्र 'जानी नजानी' कि अभिनेत्रीले केही समय बलिउडमा काम गरिसकेपछि नेपाली चलचित्रमा डेब्यु गरेकी छिन् । उनले भारतमा भारतीय सिरियल 'चन्द्र नन्दिनी' मा काम गरिसकेकी छिन् । उनी यति बेला भारतमा नै रहेर कलाकारितामा सङ्घर्ष गरिरहेकी छिन् ।