अभिनेता सौगात मल्लको आज जन्मदिन परेको छ । नेपाली चलचित्र क्षेत्रका चर्चित र लोकप्रिय अभिनेता आजबाट ४४ वर्षमा लागेका छन् ।उनि सन् १९७६ मा नवलपरासीमा जन्मिएका हुन् । नेपाली चलचित्र कागबेनीबाट चलचित्र क्षेत्रमा प्रवेश गरेका उनले चलचित्र 'लुट'बाट थप चर्चामा आएका हुन् । हाकु कालेको नामले चिनिने उनले आज आफ्नो जन्मदिन घरमा नै मनाउँदै छन् । कोरोना सङ्क्रमणको कारण जारी गरिएको लकडाउनका कारण उनी यती बेला घरमा नै बसिरहेका छन् ।