गायक सुदिन पोख्रेल आफ्नो नयाँ गीत लिएर आएका छन् । सुदिनको आवाजमा 'संवृद्धि' बोलको गीत आइतबार युट्युबमा सार्वजनिक गरिएको हो । गीतमा अनन्त कोइराला र गायक सुदिनकै शब्द रहेको छ । पोख्रेलको आफ्नै युट्युब च्यानलमा सार्वजनिक गरिएको गीतको भिडियो सिद्धार्थ र दीपेशले निर्देशन गरेका हुन् । भिडियोमा सुदिन आफै फिचर्ड छन् । गीतले २१औँ शताब्दीमा जनता भन्दा शक्तिशाली शासक छन् भन्ने व्यङ्ग्य गरिएको छ । गीतले नेपालमा विद्यमान समस्या र बेथिति माथि निकै कलात्मक व्यङ्ग्य गरेको छ । गीतले एउटा न बोल्न पाइने न स्वतन्त्र रूपमा देशको नागरिक भएर बाँच्न सकिएको छ भन्दै विदेशी हस्तक्षेप, सीमा अतिक्रमण, बेरोजगारी, बिदेसिनुको पिडा लगायत कुरालाई गीत मार्फत प्रस्तुत गरिएको छ । गीत सन्देश परियारले निर्माण गरेका हुन् ।