नेपालको पहिलो कमेडी रियालिटी शो 'कमेडी च्याम्पियन'ले दर्शकको मन जित्यो । यस शोको सफलतासँगै टिमले अर्को कमेडी रियालिटी शोको आयोजना गर्ने भएको छ । 'घरघरमा कमेडी' नामको रियालिटी शो लकडाउनका कारण घरमा नै सीमित भएका प्रतिभालाई मञ्च प्रदान गर्ने लक्षका साथ निर्माण गरिएको हो । शोमा सहभागी हुन इच्छुक कलाकारले घरबाटै भिडियो खिचेर पठाउन सक्नेछन् । उक्त भिडियो कमेडी च्याम्पियनको एप्समा अपलोड गर्नु पर्नेछ । निर्णायकले उत्कृष्ट भिडियोको छनोट गरी युट्युबमा अपलोड गरिनेछ । 'घरघरमा कमेडी'को आउने साताबाट अडिसन सुरु हुने बताइएको छ । ५-६ हप्ता चल्ने यस शो हरेक हप्ताको प्रस्तुतिबाट निर्णायकले उत्कृष्ट प्रतियोगी छनोट गरिनेछ । शोलाई विशाल भण्डारीले निर्देशन गर्नेछन् भने निर्णायक फाइनल नभइसकेको बताइएको छ । निर्णायक को राखिने भन्ने बारे छलफल भइरहेको र यसबारे छिट्टै सार्वजनिक गरिने निर्देशक भण्डारीले बताएका छन् । शोमा प्रथम हुनेले नगद एक लाख नगद पुरस्कार पाउने छन् भने उत्कृष्ट ३ ले कमेडी च्याम्पियन-२ मा सिधै टप २४ मा प्रवेश पाउने बताइएको छ ।