१० वर्षपछि बलिउड अभिनेत्री सुस्मिता सेन ‘एक्टिङ करियर’ मा फर्किएकी छिन् । उनी वेब सिरिज ‘आर्या’ बाट सेन अभिनयमा फर्किएकी हुन् । १९ जुनमा प्रदर्शनमा आएको वेब सिरिजलाई दर्शकले मन पराइरहेका छन् भने सुस्मिताको काम पनि मन पराएका छन् । उनी आफूले १० वर्षसम्म अभिनयमा नआउनुको कारण खोल्दै उनी भन्छिन्, 'मलाई ओल्ड स्कुल रोल मात्र अफर भइरहेको थियो जसमा मलाई अभिनय गर्न मन थिएन । म राम्रो स्क्रिप्टको खोजीमा थिएँ ।' आफूलाई अभिनयको इच्छा हुँदाहुँदै राम्रो स्क्रिप्ट नपाएकोले १० वर्षसम्म बलिउडबाट टाढा बस्नु परेको पनि उनले बताएकी छिन् । आफूलाई 'आर्या'को स्क्रिप्ट मलाई निकै राम्रो लागेर काम काम गरेको उनको भनाइ छ । उनले यस सिरिजमा आफ्नो अभिनयलाई दर्शनले मन पराएको भन्दै आउने सिजनमा समेत यस्तै सहयोग मिल्ने आशा व्यक्त गरेकी छिन् । सुस्मिताले आर्या सँगै अन्य ५ वटा सिरिजको स्क्रिप्ट लेख्ने काम सकिसकेको बताएकी छिन । सुस्मिताले आर्या सँगै अन्य ५ वटा सिरिजको स्क्रिप्ट लेख्ने काम सकिसकेको बताएकी छिन ।