चर्चित गायक पशुपति शर्माको नयाँ गीत सार्वजनिक भएको छ । पशुपति शर्मा र सरस्वती लामिछानेको स्वर रहेको तीज गीत  'मुन्छे झिल्के झिल्के' शुक्रवार युट्युबमा सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा गायक शर्मा कै शब्द तथा सङ्गीत रहेको छ । गायक शर्माकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियोमा सम्झना बुढाथोकी र महेन्द्र गौतम फिचर्ड छन् । भिडियोलाई दुर्गा पौडेलले निर्देशन र नवीन घर्ती मगरले सम्पादन गरेका हुन् ।