'अमेरिकन आइडल २०१९'का विजेता लेन हार्डीलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । कोरोना सङ्क्रमण भएको बारे उनी आफैले सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् । उनलाई कोरोनाको सामान्य लक्षण मात्र देखिएको उनले बताएका छन् । कोरोनासँग मिल्ने सामान्य लक्षण देखिएपछि टेस्ट गराउँदा उनको शरीरमा कोरोना भाइरस पोजेटिभ देखिएको थियो । यसबारे जानकारी दिँदै उनी लेख्छन्, 'डाक्टरले मेरो शरीरमा कोरोनाभाइरस रहेको पुष्टि गरेका छन् तर लक्षणहरू सामान्य मात्रै देखिएका छन्' । उनले सबैलाई सुरक्षित र स्वास्थ्य रहन अनुरोध समेत गरेका छन् । १९ वर्षीय हार्डी यति बेला चिकित्सकको सल्लाह बमोजिम घरमा नै स्वास्थ्य लाभ गरिरहेका छन् ।