गायक निशान भट्टराईको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ ।  'के माया लाग्छ र ?' बोलको गीत शुक्रवार युट्युबमा सार्वजनिक गरिएको हो । गीतमा निशानलाई  एलिना चौहानले स्वर दिएर साथ दिएकी छिन् । हर्क साउदको शब्द रहेको गीतमा अङ्कित बाबु अधिकारीको सङ्गीत रहेको छ । आर्टमान्डुको अफिसियल युट्युब च्यानल बाट सार्वजनिक गरिएको भिडियोलाई नवीन चौहानले निर्देशन गरेका हुन् । भिडियोमा मुकुन भुषाल, सुरबिना कार्की र मनिष तामाङ फिचर्ड छन् । भिडियो निशल पौडेलले खिचेका हुन् भने सुनिल पौडेलले सम्पादन गरेका छन् ।